काठमाडौँ, ७ माघ – प्रमुख प्रतिपक्षी दल कांग्रसको विरोधका कारण प्रतिनिधिसभाको सोमबारको स्थगित भएको छ।
कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल केन्द्र सरकार मातहत नराखिएको विरोधमा कांग्रेसले संसद अवरुद्ध पारेको हो।
सोमबार स्थगित बैठक मंगलबार दिउँसो तीन बजे बस्ने छ। कांग्रेस चिकित्सा शिक्षा सुधारको माग गरी १६औँ सत्याग्रह गरिरहेका प्रा.डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग गरेको छ।
कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले प्रतिनिधिसभा बैठकमा बोल्दै सरकार प्रतिशोधका साथ अघि बढेको बताएका छन्।
यसैबीच, सोमबारै बसेको राष्ट्रिय सभाको बैठक पनि नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ।