काठमाडौँ, ७ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका नेता तीर्थराज भुसाललाई परिवारका सदस्यहरूले निर्णय फिर्ता लिएर कांग्रेसमै फर्किन दबाब दिएका छन्।
भुसाललाई पुनः कांग्रेसमै फर्किन उनका परिवारका सदस्यहरूले आइतबार विज्ञप्ति नै सार्वजनिक गरेका छन्। विज्ञप्तिमा भुसालका पत्नीका साथै छाेराहरू र नातिसम्मकाे हस्ताक्षर छ।
राजनीतिक बेइमानी नगर्न पति भूसाललाई पत्नि शर्मा देवी भुसाल र परिवारका १२ सदस्यहरु आग्रह गरेका हुन्। परिवारले भुसाललाई कांग्रेसको इतिहास खोज्न र आवेगमा गरिएको निर्णय तत्काल सच्याएर कांग्रेसमै फर्किन भनेका छन्।
पुर्व सांसदसमेत रहेका भुसाल केही दिनअघि मात्र कांग्रेस त्यागी नेकमा प्रवेश गरेका थिए।