काठमाडौँ, ७ माघ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताहरूको नाममा रहेकाे अस्पतालका विषयमा कुरा उठाई अवरोध गरेपछि प्रतिनिधिसभाको सोमबारको बैठकमा स्थगन भएको छ।
बैठक शुरु भएलगत्तै कांग्रेसका सांसदले आसनबाट उठेर विरोध जनाएका थिए। कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पताल संघीय सरकारअन्तर्गत राखिए पनि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएको भनी गुनासो गरे।
देशका लागि महत्त्वपूर्ण योगदान गर्ने व्यक्तित्वको नाममा स्थापित अस्पतालका विषयमा निर्णय हुन नसक्नुका कारणबारे जानकारी दिन उनले आग्रह गरे।
गच्छदारले बाेलेलगत्तै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको थियो।