इलाम, ६ माघ – प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले संघीयता कुनै पनि हालतमा विफल हुन नदिने उद्घोष गरेका छन्।
संघीयताकै कारण समृद्ध नेपाल निर्माण गर्न सकिने राईको धारणा छ। ‘त्यसै कारण संघीय संरचना अपनाइएको हो,’ राईले भने।
इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा मुख्यमन्त्री राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको बताएका छन्।
राईले संघीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताए। ‘हामी संघीयताको नयाँ अभ्यासमा छौँ। त्यही भएर हामी आफ्नो बाटो आफैँ बनाउँदै छौँ,’ राईले भने, ‘हामी नयाँ ढाँचामा काम गरेकाले केही समस्या आएको हो।’
मुख्यमन्त्री राईले प्रदेश नम्बर–१ लाई आत्मनिर्भर बनाउने अभियानमा रहेको बताए। उनले प्रदेशका पूर्वाधारलाई परिचालित गरेर प्रदेशमा सबै क्षेत्रमा आत्मनिर्भर बनाउने अभियान लागेको बताए।
उनले प्रदेशले बजेटमात्र छुट्याएर नभई प्रविधितर्फउन्मुख भएर प्रदेशलाई नमूना बनाउने अभियानमा लागेको जानकारी दिएका छन्।