काठमाडौं, ६ माघ – युएई भ्रमणका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरिएको छ।
संयुक्त अरब एमिरेट्स (यूएइ) सँग हुने ३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआइ) र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको हो।
आइतबार घोषित टीममा ४ नयाँ नाम भिम सार्की, पवन सराफ, अभिनास बोहोरा र सन्दीप जोरालाई पहिलो पटक समावेश गरिएको छ। भिम, अभिनास, पवन र सन्दीपले पछिल्लो समय घरेलु तथा उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्दै आएका थिए। अनुभवी खेलाडी शरद भेषावकर अस्वस्थताका कारण टोलीमा परेनन्। अस्वस्थाताको कारण देखाउँदै भेषवाकर आफैें टोलीबाट नाम फिर्ता लिएका हुन्।
नेपालले २५ जनवरीदेखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। ट्वान्टी– २० अन्तर्राष्ट्रिय सिरिज भने ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म चल्नेछ। सिरिजका सबै खेल दुबईमा हुनेछन्।
१६ सदस्य टोली
पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सन्दीप जोरा, भिम सार्की,
वैकल्पीक खेलाडी
सुशन भारी, विक्रम सोव, ललित भण्डारी,
खेल तालिका
२५ जनवरी – शुक्रबार – पहिलो ओडीआई
२६ जनवरी – शनिबार – दोस्रो ओडीआई
२८ जनवरी – सोमबार – तेस्रो ओडीआई
३१ जनवरी – बिहीबार – पहिलो टि–२०आई
१ फेब्रुअरी – शुक्रबार – दोस्रो टि–२०आई
३ फेब्रुअरी – आइतबार – तेस्रो टि–२०आई