काठमाडौं, ६ माघ – थाईल्याण्ड वुमन्स ट्वान्टी–२० स्मास क्रिकेट प्रतियाेगितामा उपविजेता बनेको नेपालको राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको नेपाल घरेलु टोली थाइल्याण्डसँग पराजित भएपछि उपाधि जित्नबाट वञ्चित रह्यो। शनिबार प्रतियोगिता सकिएपछि टोली आइतबार अपरान्ह स्वदेश फर्किएको हो।
नेपाल फाइनलमा थाईल्याण्डसंग ७० रनले पराजित भएको थियो। सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनलमा पुगेको नेपालले युएईलाई हराएर आएको थाइल्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गरेकाे थियाे।