काठमाडौँ, ६ माघ – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवले सम्हाल्ने भएका छन्।
महाधिवेशन नहुन्जेलसम्म चक्रीय प्रणालीबाट नेतृत्व चयन गर्ने पूर्वसहमति अनुसार आइतबारबाट संयोजकको जिम्मेवारी यादवले लिन लागेका हुन्।
यादव राजपाको नेतृत्व सम्हाल्ने तेस्रो व्यक्ति हुन्। यसअघि अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजेन्द्र महतोले सम्हाल्दै आएका थिए।
२०७४ वैशाख ७ गते गठन भएको राजपाको लामो समय महन्थ ठाकुरले नेतृत्व गरेका थिए।