काठमाडौँ – नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन आएका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम र यसलाई थप बलियो बनाउने बारे छलफल भएको जनाइएको छ। भारतीय विदेश मन्त्री जयशंकरले त्यसअघि पशुपतिनाथको दर्शनका गरेका थिए। उनी बिहीबार अपराहन्न स्वदेश फिर्ता हुनेछन्।