काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक स्थगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महत्वपूर्ण विभाग मध्य स्कुल विभागमा आकाक्षी धेरै जना देखिएपछि बैठकको तयारी नपुगेको भन्दै स्थगित गरिएको हो।
दुई साता अघि स्थगित बैठक साउन २८ गते तोकिएको थियो। पार्टीका ३३ वटा विभागको नेतृत्व मध्य स्कुल विभागमा पूर्व एमाले र माओवादीको अडान जारी रहेसँगै बैठक बस्न नसकिएको जनाइएको छ।
स्कुल विभागको नेतृत्वको समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेको सचिवालयले जनाएको छ। नाम नबताउने सर्तमा नेकपाका एक सचिवालय सदस्यले बैठक कहिले बस्ने हो भन्नबारे अझै अन्यौलता रहेको र अनिश्चित जस्तै रहेको जनाए।