काठमाडौँ - यतिबेला नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा र नेपाल तरुण दलका महासचिव भुपेन्द्रजङ्ग शाही युरोपेली मुलुक पोर्चुगलमा छन्। प्रबक्ता शर्मा र महासचिव शाहीले अगष्ट १२ तारिखमा राजधानी लिस्बनमा हुने नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दैछन्।
प्रवक्ता शर्मा र नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही उक्त साधारण सभालाई सम्बोधन गर्न पोर्चुगल पुगेको जन सम्पर्क समितिका सभापति बिनोद घिमिरेले जानकारी दिए। प्रवक्ता शर्माले पोर्चुगलको १०औँ वार्षिक साधारण सभालाई सम्बोधन गरेसंगै साइप्रस र डेनमार्कको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। अन्य ठाउँमा भने महासचिव शाही एक्लैले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
समितिको साधारणसभा सँगै यहाँ रहेका कांग्रेस कार्यकर्ताका लागि प्रशिक्षणसमेत आयोजना गरिएको घिमिरेले बताए। प्रशिक्षण कार्यक्रममा पार्टीको बर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धीमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको घिमिरेले बताए।