काठमाडौँ – लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग गर्दै आन्दोलनमा सहभागी १९ जना पक्राउ परेका छन्। आरक्षण बचाउन माग गर्दै सिंहदरबार घेर्न जाने क्रममा उनीहरूलाई भद्रकालीबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेनसहित १९ जना रहेका छन्। उनीहरूलाई नेपाल पुलिस क्लवमा राखिएको छ।
प्रर्दशनकारीहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका छन्।