काठमाडौँ - अनेरास्ववियूका केन्द्रीय सह-संयोजक रञ्जित तामाङले नेकपा पार्टी अध्यक्ष प्रचण्डलाई ‘हेग लैजाने’लाई काउण्टर जवाफ दिएका छन्।
नेता तामाङले सामाजिक सञ्जालमा स्टाटस राखेर हेग हामी होईन तिमीले जानुपर्छ भन्दै काउण्टर जवाफ दिएका छन्। केही समय यता ‘प्रचण्ड’लाई जुनयुद्धका बेला भएका जघन्य अपराधबारे गम्भिर नभएको भन्दै अन्तर्राष्ट्रिय अदालतमा लैजाने जस्ता आवाजहरू उठेका थिए।
प्रचण्ड स्वंले पनि आफू विद्रोही नेता भएको तर, जनयुद्धका क्रममा भएका गरेका हिँसात्मक घटनामा आफ्नो संलग्नता नभएको बताउदै आएका छन्।
जनयुद्धकाे बाल सेना बताउने लेनिन विष्टलगायतको एक टोलीले प्रचण्डलाई पटक पटक शान्ति सम्झौताका बाँकि कामहरूको पूरा नगरेको भन्दै आफूमाथि अन्याय भएको बताएउँदै आएका छन्।
नेता तामाङले फेशबुकमा कविता शैलीमा लेखेका छन्:
चिन्ता नगर, साथी
जानपरेसंगै जाउँला
तियानमेन, मस्को या बर्लिन,
वासिङटन, कोपेनहेगन वा हल्याण्ड,
हेग त तिमी जाने कि हामी ?
दोषी तिमी कि हामी ??
परिबर्तन हामीले माग्यौ
पश्चगमन तिमीले रोज्यौ,
दोषी तिमी कि हामी ?
हामीले अधिकार माग्यौ
बदलामा तिमीले युद्ध थुपर्यौ ,
तिम्रो बन्दुकको प्रतिबाद बन्दुकले गर्यौ,
दोषी तिमी कि हामी ?
जे कुरा शान्तिको झण्डा बोकेर माग्यौ,
त्यही कुरा तिमी युद्धको मैदानमा स्वीकार्यौ।
दोषी तिमी कि हामी ?
हेग हामी होईन तिमीले जानुपर्छ,
जनतालाई सफाई तिमीले दिनुपर्छ,
युद्ध तिमीले थोपरेका थियौ कि हामीले ?