काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले कांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा बिजयी गराउने प्रतिवद्धता व्यक्त गरेका हुन। आफुले जनताको लागि राजनीति गरेको उल्लेख गर्दे महामन्त्री कोइरालाले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गराई राष्ट्रको रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा युवा नेता गगन थापाले राज्यव्यवस्था नभई कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए। राजनीतिक दलले काम गर्न सकेनन् भनेर राजसंस्थानै ठीक भन्ने भनाई पनि सुनिन थालेको भन्दै उनले राज्यव्यवस्था नभई दल र तीनका नेतृत्वकर्ताले पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए।