काठमाडौँ - नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही ले खानेपानी गौरवका योजनाबाहेक अरु योजना सम्बन्धि अधिकार स्थानीय तह र प्रदेशलाई हस्तान्त्रण गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथिको छलफलमा भाग लिँदै सांसद स्नेहीले सरकारसँग यस्ताे माग गरेका हुन्। त्यस्तै उनले मेलम्ची खानेपानी आयोजनालाई लिएर मन्त्री र सचिवको जुहारी चल्नु बिडम्बना भएको बताए।
उनले भने, ‘करिब तीन दशक पहिले स्व.कृष्णप्रसाद भट्टराईको पालादेखि निमार्ण थालनी भएको मेलम्ची आयोजनामाथि खुब राजनीति भयो। प्रधानमन्त्री बनेको तीन महिनाभित्र मेलम्चीको पानी काठमाडौंँका जनतालाई उपलब्ध गराउने भनेर ओली ज्युले यहि रोष्टममा बोल्नु भयो। तर, अहिले थप एक वर्ष समय लाग्ने भनिदैँछ।’
उनले अगाडि भने, ‘प्रधानमन्त्री देशको पानी नै खानु हुन्न। केही दिनअघि मन्त्रीले मलम्चीलाई वेवास्था गरेको समाचार आएकै हुन्। अब काठमाडौँबासीले कहाँको पानी खाने ?’ जम्मा ३ प्रतिशत काम बाँकी रहेको भनिएको मेलम्ची खानेपानी आयोजना अब एक वर्षभित्र पूरा हुने सरकारले बताएको छ।