काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशहरु भएको संग्रह सार्वजनिक गरिएको छ। हिमानी कोषको कार्यालय बालुवाटारमा आइतबार एक समारोहका बीच उक्त सन्देश संग्रह विमोचन भएको हो।
कार्यक्रममा हिमानी कोषकी अध्यक्ष हिमानी शाहले उक्त संग्रहबाट प्राप्त रकम कोषमा जम्मा गर्ने र दैवी उद्धार कोष खडा गरी सहयोग पुर्याउने बताइन्।
पूर्वराजा ज्ञानेन्द्रले कोषका लागि ५०० प्रति संग्रह प्रदान गरिएको कोषले जनाएको छ। उनी कोषका सल्लाहकार हुन्। कार्यक्रममा हिमानीपुत्री पूर्णिका पनि उपस्थित थिइन्।