बुटवल – प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले साझा अधिकारको सूचीले विवाद निम्त्याउनेतर्फ सचेत गराएका छन्। अधिकारको दोहोरोपनाका कारण त्यसको प्रयोगमा विवाद आउने तर्क गर्दै सभामुख घर्तीले विवाद नआउने गरी साझा सूचीमा रहेका अधिकारहरुको विषय छिटो टुङ्ग्याउनु पर्नेमा जोड दिए।
शनिबार बुटवलमा आयोजित ‘तीन तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा बनेको विधेयक’बारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले साझा सूचीमा रहेका अधिकारहरुमा देखिएको दोहोरोपना हटाउनुपर्ने बताए। साझा सूचीका विषयहरुमा विवाद नआउने गरी समयमा नै त्यसको समाधन खोज्नु पर्ने उनको धारणा थियो।
सहअस्तित्वका आधारमा संघीयता सञ्चालनको अवधारणा भए पनि साझा अधिकारमा विवाद नहुने गरी अधिकारलाई स्पष्ट पार्नु पर्ने उनले जोड दिए।