काठमाडौं, ५ माघ– थाइल्यान्डमा जारी थाइल्याण्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगिता २०१९ काे उपाधिका लागि नेपालले शनिबार आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
शनिबार दिउँसाे बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा हुने फाइनल खेलमा नेपाल उपाधि लक्ष्यसहित प्रतिस्पर्धामा उत्रदैँछ।
नेपालले शुक्रबार भएको सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।त्यस्तै, आयोजक थाइल्यान्डले भने अर्काे सेमीफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४९ रनले पाखा लगाएकाे थियाे।