काठमाडौँ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भट्टराईलाई पर्यटन मन्त्रीको सपथ खुवाएकी हुन्।
गत फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि मन्त्रालय मन्त्रीविहीन रहेको थियो। २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मेका भट्टराई २०७४ सालमा भएको निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।