काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन्।
गत फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि मन्त्रीविहीन रहेको उक्त मन्त्रालयको जिम्मेवारी भट्टराई दिन लागिएको हो।
भट्टराईले दिउँसो ४ बजे मन्त्रीको सपथ खाँदैछन्। भट्टराईको सपथ राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ।
२०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मेका भट्टराई २०७४ सालमा भएको निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनी प्रस्ष्ट विचार राख्ने नेतामा रूपमा नेकपामा परिचित छन्।