काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले रोष्टम घेराउ गर्दै संसदमा नाराबाजी गरेपछि बुधबारको बैठक स्थगित भएको छ। कांग्रेस र राजपाका सांसदहरूले नाराबाजी गर्दै संसद् अवरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले मंगलबारको संसद् बैठक स्थगित गरेका हुन्। अब संसदको अर्को बैठक बिहीबार दिउँसो २ का लागि बोलाइएको छ।
कांग्रेस र राजपाका सांसदहरूले संसद शुरू हुने वित्तिकै रोष्टम घेराउ गर्दै संसदमा नाराबाजी गरेका थिए। संसदीय सर्वोच्च्चता काम गर्नुपर्ने, सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्नुपर्नेलगायतका माग उनीहरूले राखेका छन्।
कांग्रेस र राजपाले मंगलबारको बैठक अवरुद्ध गरेपछि बुधबारका लागि संसद् बैठक डाकिएको थियो।