काठमाडौँ – प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन्। उनीहरूले मंगलबारको बैठक अवरुद्ध गरेपछि बुधबारका लागि संसद् बैठक डाकिएको थियो।
उनीहरूले रोष्टम घेराउ गर्दै संसदमा अहिले नाराबाजी गरिरहेका छन्। संसदीय सर्वोच्च्चता काम गर्नुपर्ने, सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्नुपर्नेलगायतका माग गरेर रोष्टम घेराउ गर्दै कांग्रेस र राजपा सांसदहरुले नाराबाजी गरिरहेका हुन्।