काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले आह्वान गरेको बन्दका कारण काठमाडौँसहित देशका केही क्षेत्रको जनजीवन प्रभावित बनेको छ। विप्लव नेकपाले केन्द्रीय सदस्य तथा काठमाडौँ उत्पयका इन्चार्ज माइला लामा पक्राउको विरोधमा बागमती, नारायणी र जनकपुर (रामेछापा र दोलखा) मा बन्द आह्वान गरेको हो। बन्दका कारण सडकमा सार्वजनिक सवारी साधान कम चलेका छन्।
मेलम्ची नगरपालिको वडा नम्वर १० को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेका छन्। नेकपा विप्लवको नाम लिदै गयराती अज्ञात समुहले आगजनी गर्दा वडा कार्यालय ध्वस्त भएको वताईएको छ। वडा कार्यालयभित्र रहेका कागजातहरु जम्मा गरेर ढोकाको ताल्चा काटेर आगजनी गरेको वडाअध्यक्ष भक्तबहादुर कार्कीले बताउनु भएको छ।
यसैगरी नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा नचिनेका मानिसको समूहले गय राति बम बिस्फोट गराएको छ। बिस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ। यस्तै रौतहटको चन्दपुर नगरपालिकाको गैँडाटार वडा कार्यालयमा गयराति आगजनी भएको छ । आगजनीका कारण कार्यालयमा क्षति भएको छ