काठमाडौं - गृह मन्त्रालयले २५ जना उपसचिव र प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले केही जिल्लामा उपसचिव तथा सीडीओको सरुवा तथा पदस्थापन गरेको हो।
मन्त्रालयका अनुसार सुनसरी, प्युठान र मनाङका सीडीओ सरुवा गरेको हो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई सुनसरीमा सरुवा गरिएको छ। त्यस्तै, सप्रजिअ कृष्णप्रसाद पन्थलाई जिल्ला प्रशासन कार्यालय पाल्पाबाट जिल्ला प्रशासन कार्यालय प्युठानमा प्रजिअ पदमा पदस्थापन गरिएको छ।
गृह मन्त्रालयका उपसचिव वेदनिधि खनाललाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बमा प्रजिअमा पदस्थापन गरी सरुवा गरिएको छ । त्यस्तै, सोलुखुम्बका प्रजिअ नरेन्द्रकुमार रानालाई गृह मन्त्रालयमा उपसचिवमा पदस्थापन गरी सरुवा गरिएको छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रजिअ अनुज भण्डारीलाई मोरङ र मोरङका सप्रजिअ चन्द्रकला ओलीलाई जिल्ला प्रशासन कार्यालय तेह«थुममा प्रजिअमा पदस्थापन गरिएको छ।
काे कहाँ पुगे ? हेर्नुहाेस्
