काठमाडाैँ - नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहने बताएका छन्।
गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आज आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण समारोह’मा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको सरकारले समृद्धि ल्याउन नसकेको आरोप लगाए।
पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर काम गर्न नसकेको आरोप लगाए। उनले सरकार आरोप प्रत्यारोपमा लाग्नुभन्दा पनि काम गरेर जनतालाई विश्वासमा लिनुपर्ने उल्लेख गरे। कार्यक्रममा पूर्वगर्भनर हिमालय शम्शेर जबराको सहयोगमा विद्यालयमा उपलब्ध गराइएको पोशाक वितरण गरिएको थियो।(रासस)