काठमाडौं, ४ माघ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै कालोधनको छानविन गरी सत्यतथ्य पत्ता लगाइ कानूनअनुसार कारवाही गरिने बताएका छन्।
संसद्मा नेकपाका सांसद खगराज अधिकारीले कालो धनलाई सेतो बनाउने र गैरकानूनीरुपमा विदेशमा लगानी भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारका बारेमा सरकारको जवाफ मागेका थिए।
प्रधानमन्त्री ओलीले उक्त प्रश्नको जवाफ दिँदै भने, “देशलाई घाटा र नोक्सान पार्ने काममा कुनै पनि सहिष्णुता राखिँदैन। यस्ता कार्य नियन्त्रण गर्न कानून कार्यान्वयनमा सरकार प्रतिबद्ध छ। ‘समाचारबाट त्यसबारेमा जानकारी पाएका छौँ। यस सम्बन्धमा आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाइ सरकार कानूनबमोजिम अघि बढ्नेछ, कानूनविपरीत लगानी गरेको सम्बन्धमा सरकार सजग रहेको र यसमा सरकारको ध्यानाकर्षण भएको छ।”