बुटवल - प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा प्रा. डिलाराम भट्टराईको नाम सिफारिश गरिएको छ। सन्धिखर्क नगरपालिका– १०, अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभाग प्रमुख हुन्।
मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई सो पदका लागि सिफारिश गरेको हो। प्रदेश लोकसेवा आयोग गठनका लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहेको सिफारिश समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ। समितिको सिफारिशका आधारमा मन्त्रिपरिषदको बैठकले निर्णायक नाम अनुमोदन गर्नेछ।