विराटनगर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा–मोरङ सेक्रेटरी पक्राउ परेका छन्। ४५ वर्षीय दीपक राई बिहीबार पक्राउ परेका हुन्।
उनलाई मोरङको केराबारी गाउँपालिका– ३ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि फरार भएका राईलाई केराबारीको एक स्थानीयको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए। मोरङ र धनकुटालगायत विभिन्न स्थानमा विप्लव समूहले गराएका घटनामा राईको संलग्नता खुलेको प्रहरीले जनाएको छ।