काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, ललितपुरले आदेश दिएको छ।
गत शनिबार राति काठमाडौँको काँडाघारीबाट पक्राउ गरेका लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। मंगलबार अदालतको यस्तो आदेश आएसँगै लामालाई नक्खु कारागार पठाइएको छ।
मंगलबार ललितपुर जिल्ला अदालतमा लामाको थुनछेक बहस चलेको थियो। नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ।
माइला लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरू एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए। लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्धा चलाएको छ।