काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको स्कुल विभाग आफूले पाउनु पर्ने दाबी गरेका छन्। नेकपामा अहिले स्कुल विभाग प्रमुख कसलाई बनाउने ? भन्नेमा विवाद बढेको छ।
पार्टीका सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलको चर्चा चलिरहेका बेला नेता भुसालले पार्टीभित्र न्याय छ भने स्कुल विभाग आफूलाई दिनुपर्ने दाबी गरेको समाचार कान्तिपुरले लेखेको छ।
विगतका दिनमा भुसालले कम्युनिष्ट विचार र सिद्धान्तका बारेमा खुला वहस र चर्चा गर्दै आएका छन्। वौद्धिक नेताको परिचय बनाएका भुसालले अहिले पनि नेपालमा मार्क्सवाद र यसको प्रयोगबारे वहस गरिरहेका छन्।