काठमाडौँ - नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३७औँ स्मृति दिवस मनाइँदैछ।
नेपाली कांग्रेस र उसको भ्रातृ संगठनहरूले आफ्ना संस्थापक नेता वीपि कोइरालाको ३७औँ स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्। तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीका अनुसार वीपि कोइरालाको स्मृतिमा तरुण दलले साता व्यापि कार्यक्रम गरेको छ।
साहित्यकारको रुपमासमेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक मानिन्छन्। कोइरालाको स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज उनको सम्झनामा विविध कार्यक्रमको आयोजना गरेर मनाई रहेको छ।
आजकै दिन अर्थात साउन ६ गते वीपी कोइरालाको देहवासान भएको थियो। उनको योगदानको स्मरणमा कांग्रेसले प्रत्यक बर्ष आजका दिन वीपीलाई विभिन्न कार्यक्रम गरेर स्मरण गर्ने गर्छ।