बुटवल – समाजवादी पार्टी नेपालको प्रदेश ५ समितिले लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरेको छ। आयोगको विज्ञापन समानुपातिक, समावेशी सिद्धान्त विपरित भएको भन्दै खारेज गर्न माग गरेको हो।
साथै पार्टीले आयोगको विज्ञापनविरुद्ध आदिवासी जनजाति महासंघ र आरक्षण बचाऔं आन्दोलनले गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ।
पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला र खस आर्य समेतको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी धारा ४२ को सामाजिक न्यायको सिद्धान्तविपरित आयोगले विज्ञापन प्रकाशित गरेको उल्लेख गरेका छन्।
‘संविधानबाट प्राप्त समानुपातिक समावेशीजस्ता महत्वपूर्ण उपलब्धिका विरुद्ध लोक सेवा आयोगले स्थानीय तहका लागि विज्ञापन प्रकाशित गरेकाले असंवैधानिक विज्ञापनको घोर भर्त्सना गर्दछौं र उक्त विज्ञापनको विरुद्धमा भइरहेको आन्दोलनमा सहभागिताका लागि न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
विज्ञप्ति:
