काठमाडौँ – प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लवका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन्। लामालाई विशेष सूचनाको आधारमा काठमाडौँको काँडाघारीबाट प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाका अनुसार लामा पक्राउ परेको पुष्टि गर्दै उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको हो।
उनका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ। प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ।