काठमाडौं, ४ माघ –शुक्रबार मध्यान्न १२ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँनेछन्।
यसअघि प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएकोमा कांग्रेसका सांसदहरूले विरोध जनाउँदै आएका थिए। आजकाे बैठकमा भने सांसदहरूले सरकारका विषयमा प्रश्न साेध्न सक्ने र प्रधानमन्त्रीले त्यसकाे जवाफ दिने कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ ।