कैलाली – जिल्लाको धनगढीमा बम विस्फोट हुँदा पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइतेहुनेहरूमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन्।
घाइतेहरूको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। अस्पताल पुर्याइएका घाइतेको शरीर जलेको छ। घटना स्थलमा पेस्तोलसमेत फेला परेको प्रहरीले जनाएको छ। घटनामा नेकपा विप्लवका कार्यकर्ताको संलग्नता रहेको प्रहरीकाे दाबी छ।