काठमाडौँ – नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्तिमार्फत मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न माग गरेका हुन्। विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान् गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको विज्ञप्तिमा उल्लेख छ।