काठमाडौँ – प्रतिनिधिसभाको बैठक साउन ८ गतेसम्मका लागि स्थगित भएको छ। सोमबारका लागि बोलाइएको बैठक सूचाना टाँसेर स्थगन गरिएको छ।
देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले सोमबारका लागि निर्धारित बैठक स्थगन गर्नुपरेको सूचनामा जनाइएको छ।
प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित क्षेत्रमा सहयोग गर्न सांसदहरु जिल्ला जानुपर्ने भएको हुँदा प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ८ गते १ बजे बस्ने गरी बैठक स्थगन गरिएको सूचनामा उल्लेख छ।