काठमाडौँ - नेपाली कांग्रेसले प्रस्तावित नियमावलीमा संशोधन गर्ने शर्तमा अनुमोदन गरेको छ। केन्द्रीय कार्यसमिति बैठकमा आएको सुझावरूका आधारमा परिर्माजन गर्ने जिम्मेवारी रमेश लेखक नेतृत्वको मस्यौदा समितिलाई दिँदै बैठकले नियमावलीलाई पास गरेको छ।
असार २२ गतेबाट सुरु भएको नेतृत्वमा नियमावली पेश भएको थियो।, तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताहरूले अनुशासन, आचार संहिता, भ्रातृ तथा सुभेक्षुक संगठन र लेबीसम्बन्धी प्रस्तावको विरोध गरेका थिए।
आइतबारको बैठकमा नेता कृष्ण सिटौलाले आचार संहितालाई पनि अनुशासनको कारबाहीको विषय बनाएको तथा नीतिगत बहसलाई समेत रोक्ने गरी प्रस्ताव आएको भन्दै प्रस्तावित नियमावलीको चर्को विरोध गरेका थिए।
सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले भने पार्टीमा अराजकता स्वीकार्य नभएको भन्दै समर्थन गरेका थिए। बैठकमा आएका सुझावहरुका आधारमा परिर्माजन गर्ने गरी नियमावली पास गरेको छ। साथै वर्षासँगै आएको बाढी तथा पहिरो प्रभावितहरुको राहत र उद्दारमा जुट्न साउन ७ गतेसम्म बैठक स्थगित गरिएको छ।