काठमाडौँ - निर्धारित समयमा केन्द्रीय महाधिवेशन गर्न नसकिने निष्कर्षका साथ काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने तयारीमा जुटेका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी फागुन–चैतमै महाधिवेशन गर्न सकिने दाबी गर्दै नेतृत्व कामै नगरी कार्यकाल बढाउन लागेको आरोप लगाएको छ ।
महाधिवेशन, पार्टीका तल्ला तहका संरचना गठन, विभाग केन्द्रीय कार्यसमिति र म्याद सकिएका भातृ संस्थाको अधिवेशन तथा तदर्थ समिति गठन लगायतका विषयमा छलफल गर्न देउवाले आफू निकटको बैठक बोलाएका थिए ।
बैठकले कार्यकाल एक वर्ष लम्ब्याउने र ०७७ फागुनभित्र महाधिवेशन गर्न तयारी थाल्ने निष्कर्ष निकालेएको बैठकपछि एक केन्द्रीय सदस्यले जानकारी दिए ।
देउवाको चार वर्षे कार्यकाल आगामी फागुनबाट सकिन लागेको सन्दर्भमा विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष थप्न लागिएको खबर कान्तिपुरमा छापिएको छ ।