काठमाडौँ - नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीलाई शैनिकीकरण गर्न थालिएको भन्दै नेतृत्वको विरोध गरेका छन्। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै नेता थापाले खुल्ला पार्टी बनाउनु पर्नेमा जोड दिएका छन्।
उनले भने, ‘खुला पार्टी बनाउनु पर्छ, यसैअनुरूप सदस्यता दिनुपर्छ। तर, पैसा धेरै लाग्ने, अनुशासनको कारबाहीमा कडा रवैया राख्दा हामी मासबेस पार्टीको चरित्रमा टिकिरहँदैनौँ।’
नेता थापाले अघि थपे, ‘नियन्त्रणम’खी र कठोर नियम र सैनिकीरणले पार्टी बलियो हुँदैन. नेताहरूको विषयमा बोल्ने, सार्वजनिक अभिव्यक्ति दिने, पार्टीको विषयमा अभिव्यक्ति दिनेलाई कारबाहीको दायरामा ल्याउने विषय अप्रजातान्त्रिक छ।’
केन्द्रीय समितिको जारी बैठकमा बोल्ने १७ जना मध्ये अधिकांश नेताहरूले कम्युनिस्ट दलले जसरी लेबी लगाउने हो भने कांग्रेसले लोकतान्त्रिक चरित्र नै गुमाउन सक्ने भन्दै पार्टीलाई सचेत गराएका छन्।
प्रस्तुत नियमावलीमा आएको लेबी, अनुशासनको कारबाही र नियन्त्रणका प्रावधान कांग्रेसलाई नसुहाउने र अन्तर्राष्ट्रिय प्रावधानविपरीत भएको उनीहरूको भनाई थियो।
कांग्रेसको संशोधित नियमावली
चार लाख ७० हजार क्रियाशील सदस्य रहेको नेपाली कांग्रेसले पहिले सदस्य लिँदा र नवीकरण गर्दा एक सय रुपैयाँ तिर्नुपथ्र्यो। तर, संशोधित नियमावलीले नयाँ सदस्यताको पाँच सय र नवीकरण शुल्क एक सयबाट बढाएर तीन सय ६५ रुपैयाँ बनाएको छ।
यसरी क्रियाशील सदस्यहरूलाई नै दिनको एक ? पैयाँ लेबीस्वरूप लिने व्यवस्था गरेपछि कांग्रेसमा यसको विरोध भएको हो। अधिकांशले लेबी शब्द नराख्न र रकम घटाउन माग गरेका छन्। नवीकरण शुल्क थोरै बढाए पनि लेबीका रूपमा लिन नहुने उनीहरूको भनाई थियो।