काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाढी र पहिरोका कारण पीडितको उद्दार कार्यमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन्। उनले पीडितलाई तत्काल राहत वितरण गर्न पनि आग्रह गरेका छन्।
उनले विपद्मा परेकालाई आ–आफ्नो ठाउँबाटसमेत सबैमा आग्रह गरेका छन्।
यस्तो छ गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसवुकमा जारी गरेको निर्देशन :
देशको अधिकांश भागमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायत प्राकृतिक विपद्ले पुर्याएको ठुलो जनधनको क्षतिले दुखी बनाएको छ । विपद्का कारण मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु । उद्धार तथा राहतमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरु तदारुकताका साथ लागिरहेका छन् । राहत तथा उद्दारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिईसकिएको छ । आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुन स्थानीय, नागरिक समाज, रेडक्रस, पार्टी कार्यकर्ता लगायत सबैमा अपिल गर्दछु । साथै सुरक्षा सतर्कता अपनाउन समेत सबैमा आग्रह गर्दछु ।
यो पनि पढ्नुस्:
http://nepalipublic.com/archives/61613#.XSh31egzbIU