काठमाडौँ – भोजपुर बजारको शनिबारे हाटमा बुधबार बिहान नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ।
प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ड्युटीमा रहेका प्रहरी जवान राईमाथि विप्लव कार्यकर्ताले गोली चलाएपछि प्रहरी टोलीले पनि जवाफी फायरिङ गरेको थियो।
प्रहरीले घटनास्थलबाट पेस्तोल र केही गाेली बरामद गरेको छ।