एजेन्सी, ३ माघ – युभेन्टसले एसी मिलानलाई पराजित गर्दै इटालियन कोपा इटालिएनाको उपाधि उचालेको छ। साउदी अरेबियाको जेद्दास्थित किङ्ग अब्दुल्लाह स्पोर्टस सिटीमा बुधबार राति सम्पन्न खेलमा एसी मिलानलाई १–० गोलको झिनो अन्तरले हराउँदै युभेन्टसले आठौं पटक कोपा इटालिएनाको उपाधि उचालेको हो।
खेलको एकमात्र निर्णायक गोल युभेन्टसका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले गरे। मिरालेम प्यानिकको पासलाइ रोनाल्डोले हेडमार्फत गोलमा परिणत गरेका थिए। रोनाल्डोको एक मात्र गोल नै सातपटकको विजेता एसी मिलानलाई भारी पर्यो।
यो जितसँगै युभेन्टसले सुपरकोपा इटालिएनामा सबैभन्दा धेरै उपाधि जित्ने क्लबको रेकर्ड बनाएको छ। रियल मड्रिड छोडेका रोनाल्डोले यस सिजनमा हालसम्म युभेन्टसका लागि १६ गोल गरेका छन्।
https://twitter.com/Ronaldoversesx/status/1085613320328093698