बुटवल - पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधानको सफल कार्यन्वयनको इच्चा व्यक्त गरेका छन्। पाल्पा जाने क्रममा शुक्रवार साँझ बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै डा. यादवले देशले ठूलो संघर्षबाट लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त गरेको भन्दै त्यसको सफल कार्यन्वयन होस् भन्ने आफ्नो इच्चा रहेको बताए।
‘देशले लामो संकर्मणकालबाट गुर्जिएर संविधान प्राप्त गरेको छ । जसका कारणले देश स्थीरता तर्फ अगाडी बढेको पनि छ, उनले भने–‘त्यसमा कुनै व्यवधान आउनु हुँदैन्।’
उनले कठोर र लामो बलिदानीबाट यो व्यवस्था आएको स्मरण गर्दै नेतृत्व कर्ताले ‘सिंहावलोकन’ गर्नुपर्ने आवश्यकतासमेत औँलाए।
संविधान निमार्णको मुलमर्म नै द्वन्द्वरत पक्षलाई शान्तिको बाटोमा ल्याउने रहेको स्मरण गर्दै पूर्वराष्टपति डा. यादवले संविधान विपरित भैरहेका गतिविधिलाई नजर अन्दाज गर्न नुहने बताए।
‘जुनसुकै समूह होस वा पार्टी सवैलाई संविधानको दायरामा ल्याउने गरी काम गर्न पर्छ,–उनले भने। राज्यले अव कुनै प्रकारको द्धन्द्ध वा आन्दोलन थेग्न सक्ने अवस्थामा नरहेको भन्दै त्यस दिशा तर्फ कुनै पक्षले सोच्न नहुने बताए। विप्लप नेतृत्वको नेकपाप्रति लक्षित गर्दै पूर्वराष्टपति यादवले भने–‘ती साथीहरूका माग के हुन् ? संवोधन गर्ने गरी सरकार अग्रसर हुनुपर्छ र असन्तुष्ट पक्ष पनि लचिलो हुनुपर्छ । शान्ति बाहेक उत्तम उपाय अरु केही छैन्।’
राज्यको अर्थ तन्त्र ‘जरजर’ अवस्थामा रहेको भन्दै डा. यादवले त्यसको मजवुतिका लागि पनि युवा जमातले काम गर्नुपर्ने बताए।
राजनीतिक व्यवस्थाले शोषण भएको बताउँदै उनले अव त्यो अवस्था नरहेको समेत बताए।
गणतन्त्र नेपालका पहिलो राष्ट्रपतिसमेत रहेका डा. यादवले आफू जल जंगल र जमिन जोगाउने अभियानमा लागेको समेत सुनाए।
सो अवसरमा चुरे संरक्षणको अवस्था निकै चुनौति बन्दै गएकोले पूर्वाधार विकास गर्दा पर्यवरणलाई विषेश ख्याल राख्नुपर्ने बताए।
हाल जंगल र चुरे विनासका कारण पानीका मुहान ५० प्रतिशत भन्दा धेरै सुकेको भन्दै चिन्ता व्यक्त गरे।