काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्यदुतले भेटघाट गरेका छन्। बिहीबार बिहान बालुवाटारमा भएको भेटघाट तथा छलफल नेपालका राष्ट्रिय प्राथमिकताहरुलाई सम्बन्धित देशहरुमा कसरी प्रर्वद्धन गर्ने भन्ने बिषयमा केन्द्रित भएको थियो।
नेपाल भ्रमण बर्ष सन् २०२० को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भमा पनि छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले बताए। प्रधानमन्त्री ओलीले नेपालमा बैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्न पनि महावाणिजयदुतहरुलाई आग्रह गरे।
प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकांक्षा ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य हासिल गर्नका लागि छिमेकी देशहरुबाट भइरहेको सहयोगको प्रशंसा गरेका थिए।