काठमाडौँ – चन्दा असुली रसिदलगायत नेकपा विप्लव माओवादीको विभिन्न दस्तावेजसहित काठमाडौं महानगरपालिका– ४, सुकेधाराबाट सोमबार प्रहरीले एक जना ट्याक्सी चालकलाई पक्राउ गरेको छ। खोटाङको मंगलटार गाउँपालिका– ६ घर भइ बौद्ध बस्ने २९ वर्षीय भविराज राई पक्राउ परेका हुन्।
चेकजाँच गर्ने क्रममा राईले चलाएको बा. २ ज ३८७१ नम्बरको ट्याक्सीबाट विप्लव माओवादीको विभिन्न दस्तावेज फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको साथबाट चन्दा असुली गर्ने रसिद, अखिल क्रान्तिकारी यातायात मजुदर संघको सदस्य रसिद ५० थान, सोही संघको पर्चा ३ सय थान लगायतका कागजात फेला परेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।