काठमाडौँ - डेनमार्कको कोपनहेगनमा नेपाली कांग्रेसको तीनदिने प्रशिक्षण भेला सम्पन्न भएको छ। कोपहेगनको रिचमण्ड होटलमा तीन दिनसम्म चलेको भेलामा विश्वभरबाट २४ जनसम्पर्क समितिका २ सय बढी प्रतिनिधिको सहभागिता थियो।
पार्टीको केन्द्रिय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको थियो। उक्त प्रशिक्षण कार्यक्रममा नोपलबाट कांग्रेसका करिब एक दर्जन नेताहरू सहभागी बनेका थिए।
भेलामा पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका साथै कांग्रेस नेताहरू डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, भीष्मराज आङ्गदम्बे, धनराज गुरुङ र गोविन्द भट्टराईलगायतका नेताहरूले प्रशिक्षणसमेत दिएका थिए।
लोकतान्त्रिक गणतन्त्रप्रति कम्युनिस्टहरूलाई विश्वास नभएको कांग्रेस नेताहरूको आरोप छ। कांग्रेस नेताहरूले वर्तमान सरकारलाई संघीयता विरोधी सरकारको संज्ञासमेत दिए।