रामेछाप - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताले रामेछापको सदरमुकाम मन्थलीमा ग्यास सिलिण्डर विष्फोट गरेका छन्। सोमबार राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईका अनुसार टायर माथि ग्यास सिलिण्डर राखेर आगो लगाएर उक्त विष्पोट गराएको पाइएको छ।
उक्त पार्टीले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ। यातयातका साधन आंशिक मात्र चलेका छन्। लामो दुरीका कुनै पनि साधन सञ्चालन भएका छैनन्। शैक्षिक संस्था खुलेका छैनन्। बजार भने आंशिक रुपमा खुलेको छ।