काठमाडौँ - मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडी होटलको सटरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ। प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनालाई खबर गरिएको थियो।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ। गएको बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेपाल कम्युनिष्ट पाटीले मंगलबार बन्द घोषणा गरेको हो। बम नेपाल कम्युनिष्ट पाटीले नै राखेको प्रहरीको दाबी छ।