बेझाड, २ माघ – पाल्पाको रामपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खुला पुरुष भलिबल प्रतियोगिता आजबाट शुरू भएको छ। नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलो पटक यहाँ अन्तर्राष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष भलिबल प्रतियोगिता गरिएकाे हाे।
दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा आजदेखि खेलकूद उपसमितिको आयोजनामा हुने प्रतियोगितामा भारतका चार समूह, प्रदेश नं १ को एक समूह, गुल्मी लगायतका दश समूहको सहभागिता रहेकाे प्रतियाेगिता संयोजक शङ्कर खाँणले बताए।
प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार नगद एक लाख र तृत्तीय पुरस्कार नगद ५० हजार रहेको छ। प्रतियोगिता सञ्चालनका लागि करीब १२ लाख रूपैयाँ लाग्ने आयोजकको अनुमान छ।(रासस)