काठमाडौँ – भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सरकारले ल्याएको गुठी विधेयकका बाहिर हल्ला चलजस्तो धर्म, संस्कार र सस्कृति जगेर्नाको विषयमा सरकारले कुनै कन्जुस्याई नहुने बताएकी छिन्। शुक्रबार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा विनियोजित बजेको विषयमा उठेको प्रश्नको जवाफ दिदैँ मन्त्री अर्यालले गुठी विधेयकको विषयमा सरकारले संकल्प प्रस्तुत गरिसकेको बताउदै यसमा प्रश्न उठाउन आग्रह गरिन्।
विधेयक किन आवश्यक थियो भन्ने विषयमा सरकारले स्पष्ट धारणा राखिसकेको र त्यसलाई स्थगित गरिसको जानकारी पनि गराईन्।
विधेयकको दुईवटा पक्षमा सरकार जतिखेर पनि संवेदनशिल रहेको बताईन्। उनले भनिन्, ‘हाम्रो धर्म, संस्कृति, परम्परा, पर्व, मठमन्दिरसंग जोडिएका भावनात्मक कुरामा सरकार रत्ति पनि विचलित छैन। जे हिजोको फ्रिक्वन्ट स्पीड हो। जे हिजोको मर्म हो। त्यही मर्मलाई नै केन्द्रित भएर आज प्रस्तावित भएको छ।’
उनले भनिन्, उपत्यका बाहिरका जिल्लाका गुठी पीडित किसानको समस्या समाधान तथा किसानको हक लागि माननीय सदस्यहरु मन्त्रालयमा धाइरहेको स्मरण गराउदै ती पीडित किसानको समस्या समाधान गर्ने, हक स्थापित गराउने र हिजोदेखिको धार्मिक मूल्य मान्यता र मर्म जे हो, संस्कृति जे हो। जे परम्परा हो त्यसलाई पनि कायम राख्ने। र त्योसंग जोडिएका विकृति विसंगीलाई अन्त्य गरी सरकार परिवर्तित भई नयाँ ढंगले सरकार अघि बढेको छ। अहिलेको स्थितिमा सरकारले त्यो विषयलाई स्थगित गरेका छाैँ ।
यस्तै मन्त्री अर्यालले मोहीयानी हकका लागि सरकार प्रतिबद्धता रहेको बताईन्। यसका लागि कानुन निर्माणको प्रक्रियामा रहेको र कानुनकाे निर्माणपछि किसानहरूले न्याय पाउने पाउने मन्त्री अर्यालले बताइन्।